उदयपुरको रौतामाई गाउँपालिका–७ शिखरका २१ वर्षिय फुलकुमारी मगर मकालु किशोर–किशोरी समुहको साथी सहजकर्ता हुन् । उनको समुहमा १० देखि १५ वर्षसम्मका ३० जना किशोर किशोरीहरु छन् । उनको बुवा मिस्त्री काम गर्नुहुन्छ । जाल्पा एकिकृत विकास समाजको कर्मचारी बिबेक मगर गाउँमा पुगेर कक्षा ११ र कक्षा १२ मा पढ्ने कोही हुनुहुन्छ भन्ने प्रश्न गर्दा म छु भनेर उभिएकी उनी परियोजनाको लागि छनौटमा परिन् ।
उनले सामना परियोजना अन्र्तगत रौतामाई गाउँपालिकामा सञ्चालन भएको उपेक्षा, दुव्र्यवहार, हिंसा, विभेदविरुद्ध किशोर–किशोरीहरुको सशक्तिकरणको लागि प्रशिक्षक÷प्रशिक्षण सम्बन्धि १० दिने रुपान्तरण तालिम प्राप्त गरिन् । शिखरमा कक्षा १२ मा पढ्ने उ एक्लो भएको कारण छानिएकी थिइन् ।
साधारण जीवन बिताईरहेकी उनले समुदायलाई नियालेर हेरेकी थिइनन् । वडा कार्यालयसम्म पनि नपुगेकी उनले रुपान्तरणमा जोडिएर जीवनको पाटो बदलिएको बताउँछिन् । उनको अहिले जीवनको दैनिकी नै परिवर्तन भएको छ । पहिलो पटक तालिम लिने अवसर पाएका उनी घरकै काम गर्ने गर्थिन् । गाउँघरमा यताउता हिड्ने बानी थिएन । अहिले गाउँघर हिड्ने, सबै जनासंग बोल्ने, बालबालिकाको अवस्थाको बारेमा बुझ्ने र बुझनु पर्छ भन्ने सोच राख्दछिन् । रुपान्तरणमा नजोडिएको भए आफ्नो बालविवाह भईसक्ने थियो होला भन्ने कुराले झस्किन्छन् उनी । गाउँमा वालविवाहको अवस्थामा रुपान्तरण कक्षा पाएपछि आफु जोगिनु मात्र हैन, अरु धेरैलाई जोगाएकी छिन् ।
अहिले उनले आफ्नो गाउँमा किशोर–किशोरीहरुलाई भेला गरेर विभिन्न अभियानहरु सञ्चालन गर्ने गर्छिन् । जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्छिन् र रुपान्तरण कक्षामा किशोर–किशोरीहरुलाई विभिन्न व्यवहारीक ज्ञानहरु सिकाउने गर्छिन् । रुपान्तरण कक्षामा आउने बालबालिका र किशोर–किशोरीहरुमा पनि बोलीको विकास भएको, निर्धक्कसंग बोल्न सक्ने भएको र आफ्नो परिचय दिन सक्ने अनि मनमा लागेको कराहरु सोध्ने गर्छन् । उनले अहिले रुपान्तरण तथा जीवनउपयोगि सिप सम्वन्धि तालिम आफ्नो जिल्लामा संचालन गरि अन्य बिभिन्न जिल्लामा पनि सहजकर्ताको रुपमा संचालन गर्न थालेकिछिन ।
उनले सामना परियोजना अन्र्तगत रहेर बालबालिकाको सहभागितामा सडक नाटक, बृत्वकला प्रतियोगिता कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छन् । सामना परियोजनाले गरेर अभिभावकहरुमा पनि चेतना जागेको र उनीहरुको भुमिका बढ्दै गएको देखिन्छ । उनकी सहकर्मी साथी सहजकर्ता शुष्मा सार्कीका अनुसार अभियानले बालविवाह न्युनिकरण हुदै गएको छ । सामना परियोजनामा जोडिएर काम गर्दा आफ्नो दुःखहरु भुल्ने गर्छिन् । शनिबार विहान हुन नपाउँदै भाईबहिनीहरुसंग भेटु लाग्ने गर्दछ ।
अहिले उनले आफु को हु, मेरो समाजमा कस्तो भुमिका हुनु पर्छ, मेरो परिवारप्रतिको जिममेवारी र दायित्वहरु के के छन् भन्ने राम्रो बुझेकी छिन् । सामना परियोजनामा जोडिएपछि उनलाई परिवारले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । तेरो उमेर पुगिसक्यो विहे कहिले खुवाउछस् भन्ने समुदायका आफन्तले अहिले उनलाई मेरो छोराछोरीलाई पनि रुपान्तरणमा जोडिदेउ भन्न थालेका छन् ।