२८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

रौतामा ३ दिने जिवन उपयोगि तालिम गरिएको छ । लिम्चुङबुङ, रौतामाई र त्रियुगा १५ का २८ जना बालबालिकाहरुलाई तालिममा सहभागी गराइएको थियो । जाल्पा एकिकृत विकास समाजको आयोजना, वल्र्ड भिजनको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयमा तालिम दिइएको हो । 

शनिवार बाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको छ । तालीममा बालबालिका हरुलाई जीवन उपयोगी सीप अन्तर्गत तनाव ब्याबस्थापन ,प्रभाबकारी संञ्चार लक्ष्य निर्धारण ,किसोर किशोरी अबस्थामा हुने परिबर्तन, समुदायमा सुरक्षित र असुरक्षित स्थानको पहिचान , लैगिङ्तामा आधारित हिंसा , बाल अधिकार ,बाल बिबाहका असर र बालबिबाह न्यूनीकरणमा बालबालिकाको भुमिका बिषयमा तालिम दिईएको हो ।

बाल बालिकाको क्षमता अभिबृदी गर्ने उद्देश्यलेले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष पुस्पराज पोखरेलले जानकारी दिनुभयो ।

Recent News

> ‘रुपान्तरणले जीवनको बाटोनै बदलिदियो’
> Story of Manisha
> लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अवसरमा जाल्पाद्धारा महिला कर्मचारीहरुलाई सम्मान
> जाल्पा र वर्ल्ड भिजनको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
> बालमैत्री स्थानीय शासन घोषणाका लागि तीन वटा वडाहरु तयारीमा
> जाल्पा र वर्ल्डभिजनद्धारा हात धुने मेसिन सहयोग
> किशोरकिशोरीहरुको समग्र विकासका लागी ‘रुपान्तरण’ प्रशिक्षक प्रशिक्षण तालिम सुरु
> २८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

Notices

स्वयंसेवक आवश्यक सम्बन्धि सूचना

आपुर्ति÷सप्लाई सम्बन्धिसुचीकृत हुने सूचना