कोरोना भाईरसको महामारीलाई ध्यानमा राख्दै वर्ल्ड भिजन ईन्टरनेसनल नेपालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई अक्सिजन सहित स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुर तथा हुरेन्डेक उदयपुरको साझेदारीमा नेपाल कोरोना भाइरस प्रतिकार्य परियोजना चरण-२ अन्तर्गत वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पुर्याउने तथा स्थ्यकर्मीहरूको सुरक्षा गर्न सहायता गर्ने उदेश्यका साथ स्वास्थ्य सामाग्री सहयोग गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउनु भयो।
कोरोना भाईरसको महामारीलाई ध्यानमा राख्दै वर्ल्ड भिजन ईन्टरनेसनल नेपालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई अक्सिजन सहित स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुर तथा हुरेन्डेक उदयपुरको साझेदारीमा नेपाल कोरोना भाइरस प्रतिकार्य परियोजना चरण-२ अन्तर्गत वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पुर्याउने तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सहायता गर्ने उदेश्यका साथ स्वास्थ्य सामाग्री सहयोग गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउनु भयो ।
संस्थाले कुल २५ लाख ११ हजार ७ सय ९२ रूपैयाँ बराबरको अक्सिजन सिलिण्डर- ७० थान, पल्स ओक्सिमिटर- ७० थान, थर्मल टेम्प्रेचर- ७० थान, पि.पि.ई. सेट- ७० सेट, अक्सिजन कन्सन्ट्रेटर – १ थान, सर्जिकल माक्स-१२ पाकेट, मास्क एन ९५- ७२ वटा, स्यानीटाईजर- ५ लि.प्याक, सोप लिक्विड (हयाण्ड वास)- १२ वटा प्रदान गरेको छ ।
स्वास्थ्य समाग्री जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार, प्रमुख जिल्ला अधिकारी तुलसिराम सेडाई, तीन वटै सुरक्षा निकायका प्रमुखहरु,जाल्पा एकिकृत विकास समाज,उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल, गैसस महासंघ अध्यक्ष तथा जिड्स उदयपुरका सचिव सुमन परियार, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष तथा हुरेण्डेकका सदस्य भरत खड्का, नागरिक संगठन कोभिड १९ द्रुत प्रतिकार्य टोली संयोजक महेश्वरी राई, जिड्स उदयपुुरका परियोजना संयोजक अजय कुमार शाहको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
स्वास्थ्य सामग्री बुझ्दै जिल्ला समन्वय समिति संयोजक परियारले सामग्री सहयोग गर्ने संस्थाहरुलाई धन्यवाद दिदै जिल्लामा कोरोना महामारी संग लड्न विभिन्न उपकरणहरु भएता पनि विषय विज्ञको अभावका कारण प्रयोगमा आउन नसकेको र विज्ञको खोजी कार्य भई रहेको साथै सम्पूर्णमा विषय खोजी गर्न अनुरोध गर्दै जिल्ला अस्पताल उदयपुरलाई कोभिड अस्पतालकोे रुपमा विकास गर्दै लैजाने वताउनु भयो ।
जिल्लाका विभिन्न स्थानबाट स्वास्थ्य सामग्रीहरुको माग भई रहेको र संस्थाले हस्तान्तरण गरेको सामग्री आवस्यक्ताका आधारमा जिल्लाका विभिन्न स्थानमा वितरण जानकारी गराउदै महामारीको समयमा सरकारलाई गरेको सहायताप्रति प्रमुख जिल्ला अधिकारी सेडाईले धन्यवाद ज्ञापन गर्नु भयो । देशव्यापी रुपमा फैलिएको कोभिड-१९ नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानीय तहमा दातृ निकायहरु संग समन्वय र सहकार्य गरेर सहयोग गर्ने जिड्सका अध्यक्ष पोखरेले जानकारी गराउनु भयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ उदयपुरले संचालन गर्ने आईसुलेशन सेन्टरका लागि जाल्पा एकिकृत विकास समाज,उदयपुरले २८ हजार ३ सय रुपैया बराबरको एन९५ मास्क – ५० वटा, सर्जिकल मास्क -१००० वटा, सेनिटाईजर (१०० एम.एल) – १०० वटा फेससिल- ३० वटा पल्स ओक्सिमिटर-५ वटा सहयोग गरेको छ ।