लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सवैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ जाल्पा एकिकृत विकास समाज,उदयपुरले आफ्नो संस्थामा कार्यरत महिला कर्मचारीहरुलाई सम्मान गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान मनाएको छ ।
सामाजिक रुपान्तरण तथा सकारात्मक परिवर्तनका लागि घरबाटनै सुरु गर्नु पर्छ र परिवारका सबै सदस्यहरुको सकारात्मक सोच हुन आबस्यक छ भन्ने कुरालाई आत्मसाथ गदै संस्थाले आफ्नै कार्यलयमा कार्यरत महिलाहरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्षय पुष्पराज पोखरेल, सचिब सुमन परियार र कोषध्यक्ष कमला बस्नेत र संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थिति विच सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । सम्मानीत हुने कर्मचारीहरुमा अनिता मगर , यसोदा मगर र पुर्णिमा कार्की रहेका छन ।
कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले संस्थाले स्थापना काल देखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र हरेक बर्ष स्थानीय तहका महिला संजालहरु संग समन्वय गरि कार्यक्रम संचालन गरिरहेको जानकारी गराउदै हिंसा सहेर बस्न नहुने बताउनु भएको छ । उहाले आफुु माथि भएको जुनसुकै हिंसा सहेर नबस्ने कानुनी उपचार खोज्ने र औला उठाउनु पर्ने बताउनुभयो ।