तावाश्रीमा २ दिवसिय बाल भेला कार्यक्रम सम्पन्न

उदयपुरगढी गाँउपालिका वडा नं. १ मा २दिवसिय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । सन २०२१ सेप्टेम्वर भित्रै बालमैत्री शासन घोषणा गर्ने लक्ष्य अनुरुप वडामा ३९ सुचक पुरा गर्न बाल भेला कार्यक्रम संचालन गरिएको हो ।

उदयपुरगढी गाँउपालिका २ नं. वडा कार्यलयले आयोजना गरेको उक्त कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत विकास समाज,उदयपुरले कार्यक्रम संचालनका लागि सहयोग तथा सहजिकरण गरेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु,बालक्लव संजालका प्रतिनिधिहरु, ११ वटा समुदायका वालक्लवका प्रतिनिधि,वाल मैत्री स्थानिय शासन फोकल पर्सन र जाल्पा एकिकृत बिकास समाज,उदयपुरका फिल्ड सहजकर्ता सरोज हमालको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बाल अधिकार,वाल संरक्षण नीति,बाल हिंसा दुव्र्यवहार,बाल श्रम शोषण,घटना दर्ता र वडालाई बालमैत्री स्थानीय शासण घोषण गर्न बालक्लव र बाल संजालको भुमिकाको विषयमा छलफल गरिएको जाल्पा एकिकृत विकास समाज,उदयपुरका फिल्ड परिचालक सरोज हमालले जानकारी बताउनुभयो ।


कार्यक्रम समापन गर्दै वडाध्यक्ष खेद बहादुर मगरले २ दिवसिय बाल भेला कार्यक्रम संचालन पश्चात बाल र्मैत्री वडा घोषण गर्न एक खुड्किलो पुगेको र बालक्लवका भाईबहिनिहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्य स्पष्ट भएको र अव चाडै नै वडाले बाल मैत्री स्थानिय शासन घोषणाका चरणहर पुरागरि वालमैत्री वडा घोषणा गर्ने कुराको जानकारी गराउदै कार्यक्रमा संचालनमा सहयोग गर्नु हुने वल्र्ड भिजन र जाल्पा एकिकृत विकास समाज,उदयपुरलाई धन्यवाद दिनुभयो ।

Recent News

> ‘रुपान्तरणले जीवनको बाटोनै बदलिदियो’
> Story of Manisha
> लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अवसरमा जाल्पाद्धारा महिला कर्मचारीहरुलाई सम्मान
> जाल्पा र वर्ल्ड भिजनको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
> बालमैत्री स्थानीय शासन घोषणाका लागि तीन वटा वडाहरु तयारीमा
> जाल्पा र वर्ल्डभिजनद्धारा हात धुने मेसिन सहयोग
> किशोरकिशोरीहरुको समग्र विकासका लागी ‘रुपान्तरण’ प्रशिक्षक प्रशिक्षण तालिम सुरु
> २८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

Notices

स्वयंसेवक आवश्यक सम्बन्धि सूचना

आपुर्ति÷सप्लाई सम्बन्धिसुचीकृत हुने सूचना