जिल्ला प्रहरी कार्यालय उदयपुर र जाल्पाकाे साझेदारीमा बाल विवाह,बाल याैन दुर्व्यवहार र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम,उदयपुर

जिल्ला प्रहरी कार्यालय,उदयपुर र जाल्पा एकीकृत विकास समाज,उदयपुरकाे साझेदारीमा राैतामाई गाउँपालिकाका आठै वटा वडाका १६ देखि २० बर्ष उमेरका ४६ जना किशोरकिशोरीहरुको सहभागितामा बाल विवाह,बाल याैन दुर्व्यवहार र साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको आयोजना, वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग र साझेदारी एवं रौतामाई गाउँपालिकाको समन्वयमा संचालित  सामाना परियोजना अन्तर्गत १० दिवसीय किशोरकिशोरीहरुको समग्र बिकासका लागी रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिमकाे नाै औं दिन जिड्सले जिल्ला प्रहरी कार्यालय संग समन्वय गरि उक्त कार्यक्रम संचालन गरेकाे हाे ।

हाेटल काेहवर संचालन भएकाे उक्त कार्यक्रमकाे सहजीकरण जिल्ला प्रहरी कार्यालय,उदयपुरका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले गर्नु भएकाे थियाे । किशाेर किशाेरीहरूलाई किशाेराबस्थामा हुनसक्ने जाेखिमकाे बारेमा जानकारी गराउने उद्देश्यले अपराधका लागि आवस्यक तत्वहरू,किशाेराबस्थामा सम्भावित जाेखिमहरू,बाल विवाहकाे कानुनि प्रावधान,बाल याैन दुर्ववहार के हाे र कसरी बच्ने,बाल याैन दुर्व्यवहार सम्बन्धि कानुनी प्रावधान र साइबर अपराध के हाे,कसरी सुरक्षित रहने बिषयमा सचेतना कार्यक्रम संचालन गरिएको संस्थाले अध्यक्ष पुष्पराज पाेखरेलले जानकारी दिनु भयाे ।

Recent News

> ‘रुपान्तरणले जीवनको बाटोनै बदलिदियो’
> Story of Manisha
> लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अवसरमा जाल्पाद्धारा महिला कर्मचारीहरुलाई सम्मान
> जाल्पा र वर्ल्ड भिजनको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
> बालमैत्री स्थानीय शासन घोषणाका लागि तीन वटा वडाहरु तयारीमा
> जाल्पा र वर्ल्डभिजनद्धारा हात धुने मेसिन सहयोग
> किशोरकिशोरीहरुको समग्र विकासका लागी ‘रुपान्तरण’ प्रशिक्षक प्रशिक्षण तालिम सुरु
> २८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

Notices

स्वयंसेवक आवश्यक सम्बन्धि सूचना

आपुर्ति÷सप्लाई सम्बन्धिसुचीकृत हुने सूचना