जाल्पा र वर्ल्ड भिजनको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

उदयपुर, वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जाल्पा एकिकृत विकास समाज, (जिड्स) उदयपुरको साझेदारिमा आर्थिक बर्ष सन् २०२१ का लागि संचालन हुने परियोजनाहरुको गाउँपालिका र वडा स्तरमा कार्ययोजना प्रस्तुतिकरण तथा परियोजनाको परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ ।

जाल्पा मार्फत यो बर्ष वर्ल्ड  भिजनले उपेक्षा, दुर्र्व्यवहार र हिंसा विरुद्धको व्यवस्थापनका लागि किशोरीहरुको शसक्तिकरण (सामना) परियोजना र बाल प्रायोजन र समुदाय संलग्नता परियोजना संचालन गर्ने भएको हो । किशोरकिशोरी प्रति हुने बाल दुर्र्व्यवहार, हिंसाको न्युनिकरण र उनिहरुको जिवनउपायागी शिप विकासमा जोड दिदै समुदायको समेत क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ सामना परियोजना जिल्लाको रौतामाई गाउँपालिका अन्तर्गत संचालन गर्ने योजना बनाएको छ । त्यस्तै संस्थाले बाल प्रायोजन र समुदाय संलग्नता अन्तर्गत रौतामाई गाउँपालिकाको वडा नं. २,३,४,५,६,७,८, उदयपुरगढी गापाको वडा नं. १ र २, ताप्ली गापाको वडा नं.१, २, ३ र ५ , लिम्चुङबुङ्ग गापाको वडा नं.५, कटारी नगरपालिकाको वडा नं.८ र ९, त्रियुगा नगरपालिकाको वडा नं.१५ गरि १७ वटा वडाहरुमा कार्यक्रम संचालन हुने संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले जानकारी गराउनुभयो ।


हुरेण्डेक उदयपुरको अध्यक्ष शंकर थापाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काको प्रमुख आथित्यमा संचालन भएको उक्त कार्यक्रममा रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरी विशेष अतिथि पालिकाका प्रमुख कार्यकारी अधिकृत,गाँउकार्यपालिकाका सदस्यहरु,विभिन्न विषयगत शाखाका प्रतिनिधिहरु,वर्ल्ड भिजन इन्टरनेशनल नेपालका वालस्पोन्सरसिप फिर्ल्ड संयोजक आनन्द खड्का,जाल्पा एकिकृत विकास समाज,उदयपुरका परियोेजना संयोजक अजय कुमार शाह र हुरेण्डेक उदयपुरका कार्यक्रम अधिकृत सुनिल वाग्लेको अथित्यमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा हुरेण्डेक उदयपुरका कार्यक्रम अधिकृत सुनिल वाग्लेले पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना र जाल्पा एकिकृत विकास समाज,उदयपुरको परियोजना संयोजक अजय कुमार शाहले बाल संरक्षण र बाल प्रायोजन कार्यक्रम र उपेक्षा, दुर्र्व्यवहार र हिंसा विरुद्धको व्यवस्थापनका लागि किशोरीहरुको शसक्तिकरण परियोजनाको परिचय गराउदै परियोजना अन्तर्गत संचालन हुने मुख्य क्रियाकलापहरुको जानकरी गराउनु भएको थियो । पालिकामा जाल्पा एकिकृत विकास समाज,उदयपुरले अनुमानित एक करोड वाइस लाख तेत्तीस हजार छ सय बहत्तर रुपौया र हुरेण्डेक उदयपुरले अनुमानित एक करोड त्रिह्यासी लाख अठासी रुपौया खर्च हुने जनाकारी गराउनु भयो ।

उक्त्त कार्यक्रममा  आफ्नो भनाई राख्दै पालिका अध्यक्ष गजेन्द्र खड्काले दुई वटै साझेदारी संस्थालाई पालिकामा स्वागत तथा परियोजनाका क्रियाकलापहरु संचालनमा अनुमति प्रदान गरेको र आगामी दिनमा कार्यक्रम संचालन गर्दा समन्वय र सहकार्यम गर्नुका साथै साझेदारी कार्यक्रम बनाई लक्षित समुदायमा जाने जानकारी गराउनु भयो, त्यसैगरि हुरेण्डेक उदयपुरका अध्यक्ष शंकर थापाले परियोजना तथा संस्थाको उद्देश्य हासिल गर्न स्थानीय तह संग समन्वय र सहकार्यको आवस्यक्ता रहेको र संस्थाले स्थानीय तहको सल्लाह,सुझाव अनुसार आफुलाई परिमार्जन गर्दै लैजाने कुराको जानकारी गराउदै कार्यक्रम समापन गर्नु भयो ।

Recent News

> ‘रुपान्तरणले जीवनको बाटोनै बदलिदियो’
> Story of Manisha
> लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अवसरमा जाल्पाद्धारा महिला कर्मचारीहरुलाई सम्मान
> जाल्पा र वर्ल्ड भिजनको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
> बालमैत्री स्थानीय शासन घोषणाका लागि तीन वटा वडाहरु तयारीमा
> जाल्पा र वर्ल्डभिजनद्धारा हात धुने मेसिन सहयोग
> किशोरकिशोरीहरुको समग्र विकासका लागी ‘रुपान्तरण’ प्रशिक्षक प्रशिक्षण तालिम सुरु
> २८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

Notices

स्वयंसेवक आवश्यक सम्बन्धि सूचना

आपुर्ति÷सप्लाई सम्बन्धिसुचीकृत हुने सूचना