किशोर किशोरीहरुलाई उपेक्षा,दुव्र्यवहार,विभेद र हिंसा न्युनीकरणका लागि चित्र लेखन तथा भित्ते लेखन तालिम

उपेक्षा,दुव्र्यवहार,विभेद र हिंसा विरुद्ध किशोर किशोरीहरुका लागि चित्रकला तथा भित्ते लेखन सम्वन्धी चार दिने तालिम आज बिहिवारबाट शुरु भएको छ ।

किशोर किशोरीहरुलाई चित्रकता तथा भित्ते लेखन तालिम संचालन गरी आफु माथि हुने उपेक्षा,दुव्र्यवहार,विभेद र हिंसा विरुद्ध उनिहरुबाटनै विभिन्न सार्वजानिक स्थानमा भित्ते लेखन गरी जनचेतना फैलाउने उद्देश्यले सो तालिमको आयोजना गरिएको आयोजक संस्था विहानी किशोरी समुहको साथी सहजकर्ता सुस्मा कुमारी सार्कीले बताइन ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत विकास समाज उदयपुरको सहयोग तथा रौतामाई गाउँपालिका र मुर्कुची स्काउटको समन्वयमा रौतामाई गाउँपालिका,उदयपुरको विभिन्न २० वटा किशोरी समुहको आयोजनामा रौतामाई गाउँपालिकाका विभिन्न ८ वटा वडाका २५ जना किशोर किशोरीहरुको उपस्थितिमा चार दिने तालिम संचालन भएको हो । तालिम संचालन पश्चात पािलकाको ८ वटै वडाका सार्वजानिक स्थानमा समुदायमा बालवालिका तथा किशोर किशोरी माथि हुने उपेक्षा,दुव्र्यवहार,विभेद र हिंसा न्युनीकरण सम्वन्धि सन्देश,कोभिड-१९ को महामारीबाट बच्ने उपायहरु,बाढि,पहिरो तथा अन्य प्रकोपहरुबाट बच्ने उपायहरुको सन्देश साथै समुदायमा भएका कुरिती,कुसस्कारको विरुद्धमा विभिन्न सन्देशहरु भित्ते लेखनको माध्यमद्धारा तयार गरी जनचेतना फैलाउने योजना रहेको सहयोगी संस्था जाल्पा एकिकृत विकास समाज,उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले वताए ।

आगामी चार दिन सम्म संचालन हुने उक्त तालिमको मिथुन ठाकुर, दिलिप खातीले र स्काउट मुर्कुचीका शिक्षक माधव प्रसाद दाहालले सहजिकरण गर्ने छन । तालिम संचालन भए लगतै पालिकाको विभिन्न सार्वजानिक स्थानका २० वटा केन्द्रमा चेतना मुलक भित्ते लेखन गरिने आयोजक संस्थाले जनाएको छ ।

Recent News

> ‘रुपान्तरणले जीवनको बाटोनै बदलिदियो’
> Story of Manisha
> लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अवसरमा जाल्पाद्धारा महिला कर्मचारीहरुलाई सम्मान
> जाल्पा र वर्ल्ड भिजनको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
> बालमैत्री स्थानीय शासन घोषणाका लागि तीन वटा वडाहरु तयारीमा
> जाल्पा र वर्ल्डभिजनद्धारा हात धुने मेसिन सहयोग
> किशोरकिशोरीहरुको समग्र विकासका लागी ‘रुपान्तरण’ प्रशिक्षक प्रशिक्षण तालिम सुरु
> २८ जना बालबालिकाहरुलाई रौतामा जिवन उपयोगी तालिम

Notices

स्वयंसेवक आवश्यक सम्बन्धि सूचना

आपुर्ति÷सप्लाई सम्बन्धिसुचीकृत हुने सूचना